१६ पुस काठमान्डौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहबरमा जनमत पार्टीका अध्यक्ष सीके राउत र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रहरी हिरासतबाट मुक्त भएका छन् ।गृहमन्त्री भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लब पुगेर राउतलगायत ५० जनाभन्दा बढीलाई छुटाउनुभएको हो । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु धोती दिवस मनाउने नाममा र्यालीसहित निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए ।प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवी, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति सभापति अब्दुल खानलगायतलाई नियन्त्रणमा लिएर दिनभर महेन्द्र पुलिस क्लबमा राखेको थियो ।मन्त्री देवीले पुलिस क्लबभित्रै अनसनसमेत गरेकी थिइन् । तर, तीन घण्टा नबित्दै गृहमन्त्री श्रेष्ठ त्यहाँ पुगेर पक्राउ परेका सबैलाई छुटाउनुभएको हो ।