धोती दिवस मनाउने क्रममा सिके राउतसहित दर्जनौ पक्राउ

66Shares
धोती दिवस मनाउने क्रममा सिके राउतसहित दर्जनौ पक्राउ

१६ पुस, काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ ।बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् । धोती दिवस मनाउँन माईतिघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ । साहले भने, यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।