मध्यरातमा स्कारपियाको ठक्करबाट बाँकेमा २ जनाको मत्यु

57Shares
मध्यरातमा स्कारपियाको ठक्करबाट बाँकेमा २ जनाको मत्यु

१६ पुस बाँके । बाँकेमा स्कारपियो गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना गम्भिर घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार आइतवार राती सिक्टा सिँचाई आयोजनाको कार्यालय नजिकै नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदो स्थित सुदुर पश्चिम प्रदेशको ०१ ००१ च ३४६३ नम्बरको स्कारपिया अनियन्त्रित हुँदा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।ठक्कर बाट गम्भिर घाइते भएका नेपालगञ्ज १३ निवासी २४वर्षिय आस्था शाह र पहिचाान खुल्न नसकेका १ जना पुरुषको उपचारको लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको बताउनु भयो । घटनामा नेपालगञ्ज १३ का २५ वर्षिय सहाना शाहको उपचार भैरहेको छ । गाडी चालक राजाराम जैशीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।