विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा

विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा

 १२ मंसिर काठमान्डौं । आइसिसी एकदिवसीय पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ।क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रशिद खान र रोहित पौडेल छन्।त्यस्तै दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम पनि टोलीमा परेका छन्।

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुँदैछ। नेपालले हालै सम्पन्न विश्वकप लिग–२ सिरिजमा छैटौँ स्थान हासिल गरेपछि प्लेअफ खेल्न लागेको हो।लिग–२ का शीर्ष चार टोली संयुक्त राज्य अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्।शीर्ष चारमा पर्न नसकेको नामिबिया,नेपाल, क्यानडा र युएईले अब प्लेअफ खेल्न लागेका हुन्।प्लेअफमा लिग–२ का पुछारका चार टोली र आइसिसी च्यालेन्ज लिगबाट आउने चार टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यसबाट शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन्।