दीपककुमार शर्मा
११ मंसिर बर्दिया । दसौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस महिला सिङ्गलतर्फ नेपाल आर्मीका शिवली गुरुङ र स्वस्तिका विष्टले जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन्।पुरुष सिङ्गल र डबलतर्फ आर्मी, बागमती, गण्डकी तथा नेपाल प्रहरीका खेलाडी सेमिफाइनलमा पुगेका छन्।
मिक्स डबल र महिला डबलतर्फ पनि आर्मी तथा बागमतीका खेलाडी फाइनलमा प्रवेश गरेका छन्।यस्तै, मिक्स डबलतर्फको सेमिफाइनलमा आर्मीका शिवली गुरुङ, राजवीर प्रधानले बागमतीका प्रकृति श्रेष्ठ, निशान श्रेष्ठलाई ७–६, ६–१ स्कोरले पराजित गरेका छन् । आर्मीका प्रणभ खनाल, स्वस्तिका विष्टले गण्डकीका शक्ति शर्मा, आहाना शेरचनलाई ६–०, ६–० स्कोरले पराजित गरेको टेनिस प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिए ।
पुरुष सिङ्गलतर्फ प्रदीप खड्का, प्रणभ खनाल, निशान श्रेष्ठ र करण थापा सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष डबलतर्फ आर्मीका प्रणभ खनाल, राजवीर प्रधान, नेपाल प्रहरीका निहालजंग थापा, दर्शिल श्रेष्ठ, बागमतीका प्रदीप खड्का, करण थापा, निशान श्रेष्ठ, प्रितम परियार सेमिफाइनलमा प्रवेश गरेका छन् ।मिक्स डबलतर्फ आर्मीका शिवली गुरुङ, राजवीर प्रधान, स्वस्तिका विष्ट, प्रणव खनाल फाइनलमा प्रवेश गरेका छन् ।यस्तै महिला डबलतर्फ आर्मीकी शिवली गुरुङ, स्वस्तिका विष्ट र बागमतीका प्रकृति श्रेष्ठ, प्रज्ना मानन्धर फाइनलमा प्रवेश गरेका छन् ।आर्मीकी शिवाली गुरुङले बागमतीकी प्रज्ना मानन्धरलाई ६–०, ६–० स्कोरले र आर्मीकी स्वस्तिका बिष्टले बागमतीकी प्रकृति श्रेष्ठलाई ६–२, ६–२ स्कोरले पराजित गर्दै शुक्रबार फाइनलमा प्रवेश गरेका हुन् ।
पुरुष डबलतर्फ क्वाटर फाइनल खेलमा नेपाल आर्मीका प्रणभ खनाल, राजवीर प्रधानले एपीएफका सन्तोष खत्री, सक्षम विक्रम शाहलाई ६–१, ६–२ स्कोरले पराजित गरेका छन् । यस्तै, गण्डकीका प्रदीप खड्का, करण थापाले एनआरएनका असभ सिंह हडा, दावा सोनम शर्पालाई ६–१, ६–१ स्कोरले पराजित गरे । बागमतीका निशान श्रेष्ठ, प्रितम परियारले एपीएफका देव अषिश रेउले, सुमन लामालाई ६–०, ७–५ स्कोरले पराजित गरे । आर्मीका निहाल जंगबहादुर थापा, दर्शिल श्रेष्ठले सुदुरपश्चिमका माधव सिंह विष्ट, रमेश सिंह डाँगालाई ६–०, ६–० स्कोरले पराजित गरेका छन् ।