मौरीको टोकाईबाट बर्दियाका वीरबहादुर थारुको मृत्यु

मौरीको टोकाईबाट बर्दियाका वीरबहादुर थारुको मृत्यु

दीपककुमार शर्मा
२५ कात्तिक बर्दिया । वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका ४ खैलार निवासी ४३ वर्षिय विरबहादुर थारुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनु भयो ।

उहाका अनुसार घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट उहाको मृत्यु भएको बताउनु भयो।कार्तिक २४ गते दिउँसो करिब १ः०० बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो ।उपचारकै क्रममा सोही दिन दिउँसो ३ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनु भयो ।