२४ कात्तिक बर्दिया । बर्दियामा भएको दुर्घटनामा परी घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बर्दिया बढैयाताल गाउँपालिका–८, शीतला बजारस्थित हुलाकी राजमार्गमा गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक जिल्ला बाँके, कोहलपुर नगरपालिका–९ बस्ने वर्ष २० का दिक्षित श्रेष्ठ तथा मोटरसाइकलको पछाडि सवार सोही स्थानका वर्ष १६ का रिदम थापा घाइते भएका थिए। दुवै जनालाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि भारतको लखनऊस्थित अस्पताल लगिएकोमा मंगलबार बिहान ७ बजे उपचारकै क्रममा रिदम थापाको मृत्यु भएको छ। मोटरसाइकल चालक दिक्षित श्रेष्ठको सोही अस्पतालमा भेन्टिलेटरमा राखी गम्भीर अवस्थामा उपचार भइरहेको छ।