मामा घर पुगेका ६ वर्षीय बालकको डुबेर मृत्यु

मामा घर पुगेका ६ वर्षीय बालकको डुबेर मृत्यु

२४ कात्तिक दाङ । दाङमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा निवासी खडक सिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगीको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका ७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा नुहाउन गएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।