सेनेगलको आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

सेनेगलको आप्रवासी बोकेको डुङ्गा  डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

२४ कात्तिक काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।सेनेगलको समाचार एजेन्सी एपीएसले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको जीवितै उद्धार गरिएको छ । यद्यपि, डुङ्गामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन ।

काठबाट बनेको उक्त सानो डुङ्गा राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसको बीचमा दुर्घटनामा परेको थियो । डुङ्गा स्पेनको क्यानरी टापुतर्फ जाँदै गरेको बताइएको छ ।आप्रवासीहरूको अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’ का अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म क्यानरी टापु पुग्ने अटलान्टिक समुद्री मार्गमा ६३५ जनाको मृत्यु भएको थियो ।