छुट्टाछुट्टै दुर्घटनाका कारण बर्दियामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनाका कारण बर्दियामा दुई जनाको मृत्यु

२९ भदौ बर्दिया । बर्दियामा भएका अलग अलग दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।सोमबार राति साढे दुई बजे गुलरिया नगरपालिका १ स्थित हुलाकी सडक खण्डको १४ नंम्बर स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । नाम नखुलेको ३२ वर्षीय पुरुषले चलाएको भे १३ प ३५ प ३५९१ नंम्बरको मोटरसाइकल पोलमा ठोक्किएर घाईते भएका थिए ।उपचारको क्रममा सोमबार बिहान सवा ५ बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

बाँके खजुरा गाउँपालिका ३ का ४३ वर्षीय तिलक शर्माले चलाएको भे १ ज १८६८ नंम्बरको ईभी हाईस चार्जिङ गर्न लैजाने क्रममा राजापुर नगरपालिका ४ भन्सार चोकस्थित वडा नंम्बर ४ का पैदल यात्री ६२ वर्षीय धनिराम चौधरीलाई आइतबार राती साढे १० बजे ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।