२९ भदौ काठमाडौं । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई पाँचौँ खेलसम्म कायम राखेको छ ।आइतबार बार्सिलोनाले लेभान्टेविरुद्ध ४–२ को जित दर्ता गरेको हो । सिउदाद डे भ्यालेन्सिया रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन लामिन यामलले दुई तथा जाभी एस्पार्ट र करिम अदेयेमीले एक–एक गोल गरे । लेभान्टेका लागि इभान रोमेरोर रोजर ब्रुगले एक–एक गोल फर्काए ।
खेलको पाँचौँ मिनेटमा एस्पार्टको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । १९औँ मिनेटमा यामलले टोलीको अग्रता दोब्बर बनाए ।यामलले ४८औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।