२९ भदौ काठमाडौं । चलचित्र ‘झिँगे दाउ–२’को ट्रेलर सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउने चलचित्रको ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषय समेटिएको छ ।आमा खोज्ने विषयमा छोरा र बुहारीहरूबीचको झगडा र मतभेदलाई ट्रेलरले देखाएको छ ।
एकै घरमा बसेका परिवारका सदस्यबीच विवाहपछि देखिने झगडालाई चलचित्रले देखाउने ट्रेलरले संकेत गरेको छ ।चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ ।ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा परिच्छेद सेनको पटकथा तथा संवाद छ । गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।