बंगलादेशमा आज आम निर्वाचन, विपक्षीको बहिष्कार

48Shares
बंगलादेशमा आज आम निर्वाचन, विपक्षीको बहिष्कार

२१ पुस, काठमाडौं । बंगलादेशमा अब आज मतदान हुनेछ, जहाँ २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् ।बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९।६ मिलियन मतदाता छन्, जसले आज आइतबार ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी बीएनपी ले ढाकाको सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनासँग आसन्न आम चुनावका लागि स्वतन्त्र र निश्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग राख्यो ।