२८ भदौ सुर्खेत । सुर्खेतकी एक महिलाको शव बर्दियामा फेला परेको छ । यही भदौ २५ गते साँझदेखि परिवारको सम्पर्कमा नरहेकी सुर्खेतकी उमा ज्ञवाली न्यौपानेको शव बर्दियामा भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीकी ज्ञवालीको शव बर्दियाको इलाका प्रहरी कार्यालय पाताभारको टोलीले सिँचाइ कुलोमा भेटेको थियो ।
प्रहरीले शव पोस्टमार्टमका निम्ति जिल्ला अस्पताल गुलरिया पठाएको थियो । शवको पहिचानका निम्ति सुर्खेतबाट परिवारका सदस्य बर्दिया पुगेका थिए । परिवारका सदस्यले शवको पहिचान गरेका हुन् । त्योसँगै उक्त शव उमाकै रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।