२७ भदौ सल्यान । सल्यानमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।गम्भीर घाइते रहेका त्रिबेणी गाउँपालिका– ५ का ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा दाङको घोराहीस्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
बिहान ११.५५ बजे चिकित्सकले वलीलाई मृत घोषणा गरेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।दुर्घटनामा परी त्रिवेणी गाउँपालिका– ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की १८ वर्षीया बिपना बुढाथोकीको बिहान १०.२२ बजे जिल्ला अस्पताल खलंगामा मृत्यु भएको थियो।दुर्घटनाका थप तीन घाइतेहरू जिप चालक त्रिवेणी – ५ सिम्खका २४ वर्षीय भुपाल पुन, त्रिवेणी – ६ की ४२ वर्षीया लालमती र त्रिवेणी– ५ का २९ वर्षीय पारस बोहराको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार जारी छ।