१६ भदौ काठमाडौं। फुटबलका महान खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यान लिने घोषणा गरेका छन्।सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पुर्याएका कप्तान मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन्।३९ वर्षीय मेस्सीले आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी र देशप्रति गर्व गर्ने अवसर दिन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन्।
मेस्सीले अर्जेन्टिनाबाट करिब २० वर्षको अन्तर्राष्ट्रिय करियर पूरा गरेका छन्। उनले अर्जेन्टिनालाई २०२२ को विश्वकप, २०२१ र २०२४ को कोपा अमेरिका लगायतका महत्त्वपूर्ण उपाधि जिताउन नेतृत्व गरेका थिए। २०२६ को विश्वकपमा भने अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएको थियो।