रुकुमपूर्वमा जिप दुर्घटना ८ जना घाइते, २ जना गम्भिर

रुकुमपूर्वमा जिप दुर्घटना ८ जना घाइते, २ जना गम्भिर

१६ भदौ, रुकुम पुर्व । रुकुमपूर्वमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।जिल्लाको सिस्ने गाउँपालिका ८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको हो ।रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो ।सडकबाट चिप्लिएर जिप करिब ५० मिटर तल खसेर दुरघटना भएको उनले बताए ।