सुशासन
१६ भदौ बर्दिया । बालेन सरकार कता जाँदैछ ? धेरैले पक्ष विपक्षका आफ्ना तर्क गर्ने गर्दछन ।कसैले बालेन सरकारको समर्थकका रुपमा अन्ध भक्ती जाहेर गर्दछन भने कसैले विपक्षमा आँखा चिम्लेर विरोध गरिरहेका छन ।पहिलो कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकालाई बस्तुगत अध्ययन गरेर विश्लेषण गर्न जरुरी हुन्छ ।त्यसपछि बालेनको नेतृत्वमा बनेको सरकारको काम,क्रियाकलाप मन्त्रिहरुका कार्यशैलिका विषयमा टिप्पणी गर्नु उपयुक्त हुन्छ होला ।पहिलो कुरा रास्वपा विचार,सिद्धान्त,कार्यदिशा र कार्यक्रम नभएको पार्टी हो भन्दा त्यसका सदस्यलाई समेतलाई अन्यथा नलाग्ला ।यो पार्टीको जन्म नै देशका विविध मुद्दाबाट भएको हो ।देशको बढदो गरिवी,भ्रष्ट्राचार,वेरोजगार,स्वास्थ्य शिक्षमा देखिएको असन्तुलीत महंगी लगायतका विषयलाई मुद्दा बनाएर लोकप्रिय मत आर्जन गरेको पार्टी हो ।
अर्को कुरा पुराना राजनीतिक दल यसका नेताहरुको चरित्र जीवनशैली र पार्टी र सत्तामा निरन्तर उही व्यक्तिहरुको कव्जाले पनि कार्यकर्तामा उत्पन्न विद्रोहका कारण पनि रास्वपाको उदय भएको हो ।नागरिकले र पुराना पार्टीका कार्यकर्ता नेताको कार्यशैलीबाट आजित भएर मुक्ति खोजेको हो ।एउटै व्यक्ति पार्टीमा पनि नेतृत्व र राजकिय क्षेत्रमा पनि कहिले पनि नछोडने पुस्तान्तरणको कुरालाई ध्यान नदिदा पनि रास्वपाले अहिले झण्डै दुई तिहाईको मत आर्जन गरेकोे हो भन्दा यो तर्क बस्तुगत हुन्छ होला ।पुराना पार्टीका कार्यकर्ताहरुले निर्वाचनको समयमा भन्ने गरेको याद आउछ यस पटक मत परिवर्तन गरिन्छ तर पार्टी परिवर्तन गरिदैन ।यो कार्यकर्ताको भनाईलाई हेर्ने हो भने यसबाट धेरै निष्कर्ष निकाल्न सकिन्छ भने पहिलो कुरा त माथि भने जस्तै नेताको जिवनशैलि र हैकमीपन,भ्रष्टाचारी,दलालहरुलाई मुख्य प्राथमिकता दिने विचौलिया निर्माण गरेर विभिन्न क्षेत्रबाट ब्रम्ह लुट गर्ने,राजनीतिलाई पेशाको रुपमा लिने जस्ता कार्यहरु निरन्तर हुदै आए ।सामान्य कार्यकर्ता र नागरिकहरुका मुद्दाहरु सुनुवाई नै नहुने ।नेताहरु कार्यकर्ता र जनताबाट टाढा रहने जस्ता प्रबृत्तिले पनि अहिलेको अवस्थामा पुर्याएको भन्नु पर्दछ ।
पुराना पार्टीको राजनीतिक दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त,विचार,कार्यदिशा र कार्यक्रम एउटा दृष्टिकोण निर्माण गरेको भए पनि व्यवहारमा शुन्य नै छ ।विशेषरी माक्र्सवादलाई मार्गदर्शक शिद्धान्तका रुपमा मान्य कम्युनिष्ट पार्टी झनै स्खलित हुदै गएको देखिन्छ ।न विचारबाट निर्देशित छ न आचारण व्यवहारबाट परिस्कृत छ । कुनै कार्यकर्तामा न प्रशिक्षण न अनुशानको मापदण्ड र दायरा छ ।यसले पार्टीले जसरी जनता र देशका पक्षमा काम गर्नु पर्ने हो त्यो हुन सकेन ।सबै कुरा बुझेर पनि नेताहरु अहिले पनि पुस्तान्तरण गर्ने पक्षमा देखिदैनन ।गत भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनको परिणाबाट पनि अझै पाठ सिकेको देखिदैन ।आफु नमर्दासम्म पार्टी आफ्नो निजी बकौतीका रुपमा लिने गरेका छन ।सहज रुपमा पुस्तान्तरण गर्न तयार नहुने अवस्था अहिले पनि देखिएको छ ।एमाले नेकपामा रहेका बृद्ध भइसकेका उनीहरुको भूमिकाको हिसावले पनि अरुलाई पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने र आफुहरु सल्लाहकार संरक्षकको भूमिकामा सम्मानित भएर बस्न तयार नहुनु विडम्वना हो ।उही व्यक्ति पटक पटक पार्टी नेतृत्व र सरकारमा लाभका पदमा बस्नु नै कार्यकर्ता र जनतामा देखिएको विद्रोहको परिणाम हो ।
गएको निर्वाचनमा जनताले नेताहरुलाई सजाय दिइ सकेका छन ।निर्वाचनको परिणामबाट पनि बुझ्नु पर्ने हो ।अझै शिर्ष नेताहरु विभिन्न खाले विवादीत र कार्यकर्तालाई होच्याउने खालका अभिव्यक्ति दिदै हिडिरहेका छन ।आफु विना पार्टी चल्न सक्दै भन्ने दुर्वल मानसिकताबाट नेताहरु ग्रसित भएको देखिन्छ ।उनीहरु एउटा समयमा पार्टी र देशका लागि दिएको योगदान प्रति कार्यकर्ता र जनताले जहिले पनि सम्मान नै गर्दछन तर पनि बदलिदो परिस्थिति र प्रविधी युक्त व्यक्तिहरुको जीवन शैलीलाई सगै लिएर जान यो सगै जन्मेका पुस्ताहरु आवश्यकता हुन्छ ।मैले धेरै जानेको छु ,मैले धेरै बुझेको छु अरुले भन्दा बढी भोटो फटाएको छु ,योगदान पनि मैले धेरै गरेको छु भन्ने जस्ता कुराले अहिलेका नया पुस्तालाई छुदैन ।यो कुरामा ध्यान जान सकेन भने जनता र कार्यकर्ताबाट तिरस्कृत हुने क्रम घटने छैन कि बरु बढदै जानेछ ।अरुलाई कमजोर पारेर आफु अगाडी आउन सकिदैन ।आफु अगाडी आउनका लागि आफै बलियो बन्नुपर्दछ ।यसका लागि आफुमा भएका कमिकमजोरी लाई सुधार गर्नु पर्दछ ।दोस्रो कुरा वर्तमान बालेन सरकारको कार्यशैली र उनीहरुमा देखिएको बहुमतको दम्भले पनि जनताका समस्याहरुलाई चाडै सम्वोधन हुने कुरामा शंका गर्नु पर्ने हुन्छ ।सरकार गठनमै उनीले चालेको मिचाहा,हेपाहा,सबैलाई ठिक पार्ने जुन गतिविधीको सुरुवात गरे यसले उनीहरुको केटौले पनिको झझल्को दिन्छ ।कानून,विधी विधान र संविधानले प्रत्याभूत गरेका अधिकारलाई लत्याउदै आफु बाहेक सबै विरोधीलाई लिर्को लगाउने उन्माद देखा पर्यो यसले जनताका आधारभूत आवश्यकता र समस्या समाधान गर्छ भन्ने लाग्दैन ।
रास्वपा बाट विजयी सासंदहरुको रवैया हेर्दा यस्तो लाग्छ कतै कुनै ऐतिहासिक काल्पनिक कथामा आधारित नाटक मञ्चन हुदैछ । न पदको गरिमाको ख्यान गरिन्छ न जनतालाई दिएका प्रतिवद्धता र मुद्धालाई संसद प्रभावकारी उठान गरिन्छ ।मुद्धामा भन्दा पनि व्यक्तिगत आचारण व्यवहार एक अर्का प्रतिको घोचपेच र छेडखानी गर्ने काम भएको छ ।सत्ताको बागडोर सम्मालिरहेका बालेन आफै पनि संसदको गरिमालाई वेवास्ता गरेको देखिन्छ ।संसदको विधी विधान नीति नियम र आचरणलाई सामान्य यस्ता विषयमा ध्यान दिएको पाइदैन ।संसदको गरिमालाई कसरी उच्च राख्ने र यसको भूमिकालाई अझै कसरी प्रभावकारी बनाउने हो भन्ने तर्फ सचेत रहनु पर्नेमा यसलाई कुनै एनजिओको दर्जा दिएको छैन ।संसद प्रतिको जवाफदेहीता पटक्कै छैन ।साम्सदहरुले राखेका विषयमा जवाफ दिने देखि संसद र कार्यपालिका बीचको समन्वय भूमिका बेवास्ता गरेको प्रष्टै देखिन्छ । संसदप्रति कार्यपालिकाको उत्तरदायित्व शून्य विन्दुमा पुर्याएको महसुस हुन्छ ।
रास्वपामा पार्टी भन्दा सत्ता नै बलियो देखिन्छ ।सत्ताले पार्टी चलाईरहेको छ ।पार्टी सभापति रवि लामिछाने मात्र पार्टीबाट अलिअलि चलखेल गरेको छन ।यता बालेन भने अरु कसैको कुरा सुन्ने पक्षमा देखिदैनन ।उनीनै सर्वेसर्वा देखिएका छन ।बालेनले पार्टीका नेता कार्यकर्तालाई आचित्य हिन सावित गरिदिएका छन ।यसरी पनि यो सत्ता कहिलेसम्म चल्छ रुदेशकै लागि चिन्ताको विषय भएको छ ।एकमना सरकारले पनि देश र जनताका पक्षमा काम गर्न नसक्ने अवस्था आउनु दुर्भाग्य हो ।