१६ भदौ काठमान्डौ । अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कोलले राजीनामा दिएका छन् । पदमा बसेको करिब १८ महीनामै उनको यो राजीनामा आएको हो । रक्षामन्त्री पिट हेगसेथसँग महिनौँदेखि जारी विवाद र तनावपछि उनले पदबाट राजीनामा दिएको अमेरिकी सञ्चारमाध्यम सीबीएसले जनाएको छ ।
४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा सचिव बनेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा उनलाई उदीयमान सैन्य प्रविधि तथा ड्रोनको प्रयोगलाई प्राथमिकता दिने अधिकारीका रूपमा चिनिन्थ्यो ।ड्रिस्कोलले ट्रम्पको मेक अमेरिका स्ट्रङ अगेन अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको ह्वाइट हाउसले जनाएको छ ।