राहत सामग्री लिएर नुवाकोट तर्फ दुर्गेश

राहत सामग्री लिएर नुवाकोट तर्फ दुर्गेश

१५ भदौ काठमाडौं । गायक दुर्गेश थापा बाढी पीडितलाई राहत लिएर प्रभावित क्षेत्रतिर लागेका छन् । उनले लत्ताकपडा, सिरक डस्ना तथा अन्य आवश्यक सामग्री वितरण गर्न लागेका हुन् ।‘बाढी–पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन नै तहसनहस बनाएको खबरले मन निकै भारी भएको छ,’ दुर्गेशले फेसबुकमा लेखेका छन्, ‘त्यसैले अब धेरै सोच्ने समय छैन ।सकेसम्म आवश्यक ठाउँसम्म पुगेर राहत बाँड्ने उनले बताए ।