साग २०२७ को तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान

साग २०२७ को तयारी बैठकमा भाग लिन नेपाली टोली पाकिस्तान प्रस्थान

६ भदौ काठमाडौं । दक्षिण एसियाली खेलकुद सागको आयोजनासंग सम्बन्धित बैठकमा सहभागिता जनाउन नेपाली टोली शुक्रबार पाकिस्तान प्रस्थान गरेको छ। नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् राखेपको एक प्रतिनिधिमण्डल टोली दक्षिण एसिया ओलम्पिक काउन्सिलको केन्द्रीय कमिटीको बैठकमा सहभागिता जनाउन पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको हो ।

पाकिस्तानले आयोजना गर्ने १४ औं दक्षिण एसियाली खेलकुद २०२७ को तयारीको सन्दर्भमा सो बैठक हुन लागेको हो । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठले सो बैकठमा सहभागिता जनाउनेछन्। सो बैठक आगामी अगस्ट २३ र २४ गते हुनेछ।