६ भदौ काठमाडौं । अल हिलालसँगको सम्झौता रद्द गरेपछि जोआओ कान्सेलो बार्सिलोनामा आवद्ध भएका छन् ।शताब्दीकै शीर्ष पाँच युरोपियन लिगमध्ये ४ जित्ने पहिलो खेलाडी ३२ वर्षीय कान्सेलो बार्सिलोनासँग तीन वर्षको सम्झौता गरेर आवद्ध भएका हुन् ।एन्थोनी गोर्डन, करिम एडेयेमी, जेसी बिसिउ र रोड्रीपछि उनी यस गर्मीको सिजनमा स्पेनिस च्याम्पियन क्लबमा आवद्ध हुने पाँचौँ खेलाडी बनेका छन् ।
पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी कान्सेलो बार्सिलोनामा आवद्ध भएको यो तेस्रोपटक हो । यद्यपि ‘स्पोटिफाइ क्याम्प नोउ’मा स्थायी सम्झौता गरेको भने यो पहिलोपटक हो । यसअघि उनले २०२३ र २४ को सिजन उक्त क्लबमा लोन अर्थात अल्पकालीन सम्झौतामा बिताएका थिए र यसै वर्षको जनवरीमा दोस्रो पटक ‘लोन’ मा नै त्यहाँ फर्किएका थिए ।