एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

३ कार्तिक काठमाडौँ – नेपाल प्रिमियर लिग एनपीएल मा पहिलो पटक डिआरएस डिसिजन रिभ्यु सिस्टम लागू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यान ले एनपीएलको तेस्रो संस्करणदेखि नै आधुनिक खेल प्रविधि डिआरएस लागू गर्ने तयारी गरेको हो।मैदानमा हुने अम्पायरिङका निर्णयलाई थप निष्पक्ष, सटीक र विवादरहित बनाउनका लागि डिआरएस प्रविधि भित्र्याउन लागिएको हो । यसअघिका संस्करणहरूमा अम्पायरका कतिपय निर्णयलाई लिएर टोली तथा खेलाडीले असन्तुष्टि जनाउँदै आएका थिए ।

डिआरएस लागू भएसँगै मैदानमा प्रयोग हुने ‘हक आई’ ‘अल्ट्राएज’ र ‘बल ट्र्याकिङ’ जस्ता आधुनिक प्रविधिको सहायताले तेस्रो अम्पायरले रनआउट, एलबीडब्ल्यू तथा क्याचको निर्णयलाई सूक्ष्म रूपमा समीक्षा गर्न सक्नेछन् ।