प्र.अ. र बिव्यस अध्यक्ष् विच हातपात विद्यालय बन्द

प्र.अ. र बिव्यस अध्यक्ष् विच हातपात विद्यालय बन्द

६ भदौ बर्दिया । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक बिचको विवादका कारण भदौ ५ गते शुक्रवार विद्यालय बन्द भएको छ ।बर्दियाको राजापुर नगरपालिकामा ४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार झा र व्यवस्थापन समितिका अध्यक्ष कमल पाण्डे विच भएको विवादका कारण शुक्रवार विद्यालयमा पठन पाठन ठप्प भएको थियो ।विद्यालयका शिक्षक तथा कर्मचारीहरूले एक विज्ञप्ती जारी गर्दै भदौ ४ गते साँझ करिब ८ बजे राजापुरमा रहेको झब्बु पान पसल अगाडि सार्वजनिक स्थानमा प्रधानाध्यापक झालाई अध्यक्ष पाण्डेले गालीगलौज तथा हातपात गरेको उल्लेख छ ।

घटनास्थलमा रहेका व्यक्तिहरूले प्रधानाध्यापक झालाई सम्झाइबुझाइ घर पठाएको र त्यसपछि पनि अध्यक्ष पाण्डे प्रधानाध्यापक झाको डेरामा पुगेर गालीगलौज गरेको शिक्षक तथा कर्मचारीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट भएको अभद्र व्यवहारप्रति घोर आपत्ति जनाउँदै शिक्षक तथा कर्मचारीहरूले घटनाको भर्त्सना गरेका छन् ।यसैगरी नेपाल शिक्षक महासंघ नगर समिति राजापुरले पनि विज्ञप्ती निकाल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यशैलीको विरोध जनाएको छ ।