कबड्डी ५ आजदेखि प्रदर्शनमा

कबड्डी ५ आजदेखि प्रदर्शनमा

६ कात्तिक काठमान्डौ ।  रामबाबु गुरूङ निर्देशित फिल्म कबड्डी ५ आफ्टर द फाइनल म्याच प्रदर्शनमा आएको छ। कबड्डी शृंखलाको यो पाँचौं फिल्म शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको हो।दसैंको अवसरमा यसअघि आबाट आमा २, १२ गाउँ २ र छ माया छपक्कै २ प्रदर्शनमा छन्। यी तीन नेपाली फिल्मपछि हलमा थपिएको कबड्डी ५ले देशभरका हलमा २ सय ४० हाराहारी शो पाएको छ। ठूला मल्टिप्लेक्स चेनहरूले पनि फिल्मलाई उल्लेख्य शो दिएका छन्।

प्रदर्शनको तीन दिनअघि मंगलबारदेखि नै फिल्मको अग्रिम टिकट बिक्री खुलाइएको थियो। बुकिङ खुल्नेबित्तिकै दर्शकले फिल्मलाई लिएर चासो देखाएका थिए। शुक्रबार बिहानसम्म आजका आधा भन्दा धेरै शो हाउसफुल भएका छन्।