६ कात्तिक काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् ।चीनका सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतको उत्तरी क्षेत्रमा पर्ने नाग्कु सहरमा ३०० भन्दा बढी घर भत्किएका छन् ।
नाग्कु सञ्चार कार्यालयले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार भूकम्पका कारण कम्तीमा ३३९ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् । घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी २१ जनालाई सामान्य चोटपटक लागेको सञ्चार कार्यालयले जनाएको छ ।