६ भदौ काठमाडौँ । ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो ।विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, राडार वार्निङ रिसिभर र इन्फ्रारेड काउन्टरमेजर सिस्टम लगायतका अन्य प्राविधिक उपकरण र सहयोग सेवा खरिदको माग गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले कतारले यी सैन्य सामग्री र सेवाहरूलाई आफ्नो सशस्त्र बलमा सहजै समाहित गर्न सक्ने क्षमता राख्ने बताएको छ ।