१ भदौ बर्दिया । आफनै बुवाको हत्या गर्ने छोरालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसारगेरुवा गाउँपालिका– ५, जुगतपुरका ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको आरोपमा उनका छोरा १९ वर्षीय सरगम आचार्य पक्राउ परेका हुन्।प्रहरीका अनुसार सरगमले आइतबार राति बुबालाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका टेकराजको घटनास्थलमा मृत्यु भएको थियो।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी टोली घटनास्थल पुगेको पुगेर आचार्यलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी वीरेन्द्रबहादुर बोहराले जानकारी दिए ।