१ भदौ काठमाडौँ । नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ ।गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
बजारमा तीजको मौलिकता र पर्वको मर्मभन्दा तडकभडकलाई प्राथमिकता दिने गीतहरू आइरहेका बेला ‘पति परमेश्वर’ले भने तीज पर्वको धार्मिक तथा पारिवारिक भावलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।