उत्कृष्ट प्रहरी मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

उत्कृष्ट प्रहरी मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

१ भदौ काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको नामोबुद्द ४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात पक्राउ परेका छन ।स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

जिम्मेवारी र मर्यादा बिर्सेर कानुनविपरीत कार्य गरेको भन्दै स्थानीयले श्रेष्ठलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले श्रेष्ठलाई जिल्ला ल्याएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयले खबर गरेपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइएको बताउनु भयो ।