भैरहवा एयरपोर्टमा रोल्पाकी एक महिला गोली सहित पक्राउ

भैरहवा एयरपोर्टमा रोल्पाकी एक महिला गोली सहित पक्राउ

३१ साउन काठमान्डौं । भैरहवाबाट विमानमा काठमाडौं जान लागेकी एक जना महिलाको झोला बन्दुकको गोली भेटिएको छ ।भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमान्डौ उडने तयारीमा रहेकी एक जना महिला ५ .५६ एमएमको एक राउन्ड गोलीसहित पक्राउ परेकी छन्।

बुद्ध एयरको उडानकी ती यात्रु रोल्पाको माडी गाउँपालिका–२ बस्ने २१ वर्षीया पार्वती बाठामगर हुन् । उनको झोला एच–रे मेसिनबाट चेकजाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो।पछि झोला खानतलासी गर्दा ५.५६ एमएमको लाइभ राउण्ड एक थान बरामद भएको हो ।