बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हरायो

बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हरायो

३१ साउन काठमाडौं। अस्ट्रेलियाको डार्विनमा खेलिएको पहिलो टेस्टमा बंगलादेशले शानदार प्रदर्शन गर्दै अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै इतिहास रचेको छ।दोस्रो इनिङमा अस्ट्रेलियाले दिएको ५७ रनको लक्ष्य बंगलादेशले एक विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो। यो जितसँगै बंगलादेशले पहिलोपटक अस्ट्रेलियाको घरेलु मैदानमा अस्ट्रेलियाली क्रिकेट टोलीलाई टेस्टमा पराजित गरेको छ।

यस खेलमा बंगलादेशले पहिलो इनिङमा ४२६ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाको टोली पहिलो इनिङमा १९८ रन र दोस्रो इनिङमा २८४ रनमा अलआउट भएको थियो।बंगलादेशको जितमा तीव्र गतिका बलर हसन महमुदले महत्वपूर्ण भूमिका खेले। उनले खेलमा कुल ९ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरिएको थियो।