१४ कात्तीक बर्दिया । सिर्जनशील युवा क्लबको आयोजना तथा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा एक हप्ते आधारभूत उद्घोषण तालिम आजदेखि गुलरिया नगरपालिका वडा नं ९ मा सुरु भएको छ।

सार्वजनिक कार्यक्रम सञ्चालन, प्रभावकारी वक्तृत्वकला, आत्मविश्वास अभिवृद्धि तथा उद्घोषण सीपको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा ४५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।तालिममा पत्रकार तथा सञ्चारकर्मी दीपक कुमार शर्मा, प्राध्यापक लक्ष्मण घिमिरे र सामाजिक क्षेत्रका अनुभवी व्यक्तित्व तारा बहादुर सुनारले प्रशिक्षण प्रदान गर्नुहुनेछ।एक हप्तासम्म सञ्चालन हुने तालिममा उद्घोषणका आधारभूत सीप, मञ्च सञ्चालनको कला, प्रभावकारी बोल्ने शैली, भाषिक शुद्धता, कार्यक्रम व्यवस्थापन तथा सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने तरिकाबारे सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गरिनेछ।तालिमले सहभागी युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सञ्चार सीप विकास गर्नुका साथै सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।