१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा यो घटना भएको हो ।असम प्रहरीका अनुसार घटनामा ६ जनालाई गोली लागेको थियो ।
तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन् ।घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रहरीका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो ।प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ ।