३१ साउन, काठमाडौं । गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङजामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्याङजामा यो अवधिमा १४० मिमिलिटर वर्षा रेकर्ड भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा बर्दियाको राजापुरमा १३७ मिलिमिटर वर्षा भएको छ भने दाङको नयाँबस्ती स्टेशनमा १२४.२ मिलिमिटर र प्यूठानको सेउलीबाङमा १२२.६ मिलिमिटर एवं दाङको गढवामा १०३ मिलिमिटर वर्षा भएको छ । यो पनि धेरै भारी वर्षा हो ।
धेरै भारी भन्नाले २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु हो । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनलाई भने अति भारी वर्षा भएको मानिन्छ । सोही अवधिमा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका केही ठाउँमा धेरै भारी वर्षा भइरहेको ।सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।