३० साउन काठमान्डौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।उद्धार अधिकारीका अनुसार भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड भएका थिए।भूकम्प गएको करिब तीन घन्टापछि सुनामी चेतावनी हटाइएको थियो।माउमेरे सहर आसपासको क्षेत्रमा मात्रै २० जनाको शव भेटिएको, ६ जना घाइते भएको र दुई जना भग्ना वशेषमा फसेको उद्धार अधिकारीहरूले बताएका छन्।उमेरे फ्लोरेस द्वीपमा रहेको सिका रेजेन्सीको मुख्य सहर हो।माउमेरे उद्धार कार्यालयका प्रमुख फथुर रहमानका अनुसार भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको नाजेकेओ क्षेत्रमा भने उद्धार टोली अझै पुग्न सकेका छैनन्।
भूकम्पका कारण त्यहाँ सञ्चार सेवा प्रभावित भएको छ।सडकमार्फत नाजेकेओ पुग्ने प्रयास पहिरोका कारण अवरुद्ध भएपछि अर्को टोली फेरीमार्फत त्यहाँ पुग्ने प्रयास गरिरहेको छ।राष्ट्रिय विपद् व्यवस्थापन निकाय ९बिएनपिबी० का अनुसार नाजेकेओमा करिब २ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन्।