बौद्धिक नक्सलहरुले युवाहरूलाई भड्काउने प्रयास गरे – मोदी

बौद्धिक नक्सलहरुले युवाहरूलाई भड्काउने प्रयास गरे – मोदी

३० साउन काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय युवाहरूलाई भड्काउने प्रयास भइरहेको दाबी गरेका छन् । ८० औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार नयाँदिल्लीको लाल किल्लाबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

हालैको राजधानीको जन्तरमन्तरको विरोध प्रदर्शनको उल्लेख नगरी मोदीले ‘बौद्धिक नक्सलहरु’ले देशका युवाहरुलाई भड्काएर भ्रममा पारेको दाबी गरे । उनले देशलाई ‘बौद्धिक नक्सलहरु’बाट जोगाउनुपर्ने बताए । साथै, मोदीले देशलाई नक्सलवादीहरूबाट मुक्त गर्न सफलता पाएको र सशस्त्र नक्सलवादीहरू हटेको तर वैचारिक नक्सलवादीहरू अझै रहेको बताए । मोदीले उनीहरू राष्ट्रलाई हिंसातर्फ धकेल्न उद्यत रहेको आरोप लगाए ।