दाङमा बग्दै गरेको बालकको प्रहरीद्वारा सकुशल उद्धार

दाङमा बग्दै गरेको बालकको प्रहरीद्वारा सकुशल उद्धार

३० साउन दाङ । खोलामा बग्दै गरेका एक बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।दाङको घोराही उपमहा नगरपालिका–१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बग्दै गरेको अवस्थामा सकुशल उद्दार गरेको हो ।

खारखोलीबाट बगेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोदारी भन्ने स्थानबाट बग्दै गरेको अवस्थामा बालकको सकुशल उद्धार गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।