२७ साउन काठमान्डौं । साउथ इन्डियन मुभीका अभिनेता जुनियर एनटीआरको बुधबार काँधको शल्यक्रिया हुँदैछ ।काँधमा चोट लागेपछि उनी उपचार गराइरहेका थिए र चिकित्सकहरूले उनलाई शल्यक्रियाको सुझाव दिएपछि आज शल्यक्रिया हुन लागेको हो, उनी त्यसका लागि अस्पतालमा भर्ना भएका छन् ।
यो शल्यक्रिया हैदरावादस्थित किम्स अस्पतालमा गरिनेछ । जुनियर एनटीआरका प्रशंसकहरू उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।