शनिवार, ९ असार, २०८०
काठमाडौं,
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा मिटर ब्याजि साहु रमानन्द बानियाँको घर घेराउ गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा लिइएको नेकपाले दाबी गरेको छ ।
बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका छन् । उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बानियाँबिरुद्ध मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको बताए । तर यही आधारमा कसैले उनको घर घेउर गरेको भए गैरकानुनी हुने उनले बताए ।