रसुवा बाढीपीडितका लागी उद्योग वाणिज्य संघ गुलरियाको सहयोग

रसुवा बाढीपीडितका लागी उद्योग वाणिज्य संघ गुलरियाको सहयोग

१८ भदौ बर्दिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।​बाढी प्रभावित क्षेत्रका पीडितलाई सहयोग पुऱ्याउने उद्देश्यले उद्योग वाणिज्य संघ गुलरिया बर्दियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा एक लाख ६० हजार रुपैया जम्मा गरिएको संघका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डे, प्रथम उपाध्यक्ष ईन्द्र कुमार श्रेष्ठ , महा–सचिव मोहित पौडेल लगायतका पदाधिकारीहरुको पहलमा सो रकम जम्मा गरिएको प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराइएको थियो ।