दाङ्गमा अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने पाँच जना पक्राउ

दाङ्गमा अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने पाँच जना पक्राउ

 

५ मंसीर दाङ । दाङको लमहीमा अनलाइन जुवा तथा सट्टेबाजीखेलाउने कार्यमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र वडा प्रहरी कार्यालय लमहीको संयुक्त टोलीले लमही नगरपालिका(५ रातोडाँडास्थित जस्मिन होटल एन्ड लजको तेस्रो तलाको कोठा नम्बर २०३ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

 

पक्राउ पर्नेमा भारतको मध्यप्रदेश भोपालस्थित शंकराचार्य नगर हुजुर सिकन्दरी सराय बस्ने २४ वर्षीय जसवन्त सिंह तोमर, भोपालकै गीतानगर भानपुर बस्ने २४ वर्षीय सत्यम राजपुत, लीलाधर कालोनी भानपुर बस्ने २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेटे र २७ वर्षीय राहुल चन्द रहेका छन।

त्यस्तै नेपालतर्फबाट पक्राउ पर्नेमा डोटीको दिपायल सिलगढी नगरपालिका ३ निवासी ३२ वर्षीय सागर राना रहेका छन। पक्राउ परेकाहरूबाट ल्यापटप, मोबाइल फोनहरूसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।