१८ भदौ काठमान्डौ । गत अगस्ट ७ बाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘हनुमान अंश’ले बक्स अफिसमा अकल्पनीय व्यापार गरिरहेको छ । अहिलेसम्म ५४ करोडमाथि व्यापार गरिसकेको यस फिल्मको सुरुवाती दुई साता भने दुखद थियो ।जम्मा ३५५ शो सहित प्रदर्शनमा आएको यस चलचित्रले जम १० लाख भारुको ओपनिङ गरेको थियो ।
प्रदर्शनको दुई साताको कमाई जम्मा ४० लाख मात्र थियो । चलचित्र फ्लप हुने संघारमा थियो । तर, तेस्रो साताको आइतबारबाट चलचित्रको व्यापारमा अचानक बढोत्तरी भयो । तेस्रो साताको आइतबार मात्र २ करोड २० लाख भारु ग्रस गर्यो ।यसपछि व्यापारमा उछाल आएको यस चलचित्रले अहिलेसम्म ५४ करोडमाथि ग्रस कलेक्सन गरिसकेको छ । चौथो सातामा मात्र चलचित्रले ४२ करोड २५ लाख कमाएको स्याकनिल्कले जनाएको छ ।कमाईमा उछाल आएसँगै ‘हनुमान अंश’ सन् २०२६ मा सबैभन्दा धेरै मुनाफा कमाउने हिन्दी चलचित्र बनेको छ । १ करोड ८० लाख बजेटमा बनेको यस चलचित्र २९ सय प्रतिशत मुनाफा कमाइ सकेको छ । यसको व्यापार सय करोडमाथि पुग्ने आँकलन गरिएको छ ।