सोमवार, जेठ २९, २०८०
काठमाडौं,
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
आज बस्ने बैठकमा नेपाल सरकारको प्रस्तुत बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।
यही जेठ १५ गते पेश भएको बजेटमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि छलफल सुरु भएको थियो ।
बजेटको छलफल आइतबार सकिएको थियो । छलफलका क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिनेछन् ।