७ भदौ बाँके । बाँकेको नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व छानिएको छ । अध्यक्षमा चिरन्जिवी ओली फराकिलो मतान्तरले विजयी भएका छन् । आइतवार बिहान सम्पन्न मतगणनाको अन्तिम मरिणामका अनुसार ओली १ हजार ३ सय ८६ मतसहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३ सय ७४ मत प्राप्त गरेका छन् ।निर्वाचनमा यसअघि नै उपाध्यक्षद्वय उद्योगतर्फ कमलकुमार कार्की र वाणिज्यतर्फ विष्णुप्रसाद श्रेष्ठ, एसोसियट सदस्य राजीव तलंगा र अब्दुल वाहिद अन्सारी, सम्बद्ध सदस्य फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्वाचित भइसकेका छन् ।उपमहासचिव पदमा प्रदीप आचार्य विजयी भएका छन् । उनले ८ सय ६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा टिकामणि उपाध्याय ९ सय १७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५ सय ९८ र नारायण प्रसाईले १ सय ८३ मत प्राप्त गरेका छन् ।महिला उपाध्यक्षमा रुपा ओझा सानु ११६६ मतसहित विजयी भएकी छिन्, उनको निकटतम प्रतिद्वन्द्वी उमा ग्राण्डनले ५ सय ३ मत प्राप्त गरिन् । निर्वाचनको अन्तिम नतिजा अनुसार महासचिव पदमा विष्णु श्रेष्ठ १ हजार २ सय ८७ मतसहित विजयी हुँदा अर्का उम्मेदवार दिपेन्द्रकुमार जोशीले ४ सय ८ मत प्राप्त गरेका छन् ।१० जना कार्यसमिति सदस्य पदकालागि भएको निर्वाचनमा सन्तोष कुमार पौडेल १,४५६, तोपबहादुर थापा १,३५०, नन्दराम जैसी १,३४९, शरदराज अधिकारी १,३४५, नगेन्द्र शाही १,२८६, आदित्य गुप्ता १,२४०, जाहाँगिर मुसलमान १,१५२, शरदप्रसाद रिजाल १,१२८, सुरजबहादुर भण्डारी १,१२६ र अतुलकुमार गुप्ता १,१२३ विजयी भएका छन्