अपडेट : सुधार गृहबाट भागेका ९ जनाको खोजी कार्य जारी

90Shares
अपडेट  :  सुधार गृहबाट भागेका ९ जनाको खोजी कार्य जारी

५ असोज, बाँके । बाँकेको बाल सुधार गृहमा भएको झडप पछि भागेका केहि थुनुवाको प्रहरीले खोजी तिव्र बनाएको छ । बाँकेको डडुवा गाउँपालिका ६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।गएराति कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।

तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले सञ्चारकर्मिलाई बताए ।उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए ।