पहिलो टेस्टमा भारतको सहज जित

पहिलो टेस्टमा भारतको सहज जित

३ भदौ काठमाडौं । भारतले घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १६५ रनको सहज जित निकालेको छ ।जितसँगै भारतले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि कोलम्बोमा सुरु हुनेछ ।गले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ३७२ रनको लक्ष्य पछ्याएको श्रीलंका २०६ रनमै समेटियो ।