३० साउन काठमान्डौं । केहि हप्तादेखी बजारमा खाना पकाउने ग्यासको अभाव छ । सरकारले ग्यास आवश्यकता अनुसार छ भन्छ , आयल निगमले ग्यास छ भन्छ तर उपभोत्ताले ग्यास पाउदैन । सहज रुपमा ग्यास नपाएपछि हैरानी हुदै आएको छ । आज शनिवार काठमान्डौका केहि ठाउबाट ग्यास विक्रि गरिएको छ ।
आकाश बाट झरीको पर्वाह नगरिकन उपभोत्ता घन्टौं लाइनमा वसेर ग्यास लिइरहेका छन । किन यसरी ग्यासको अभाव भैरहेको हो । सरकारले गम्भिर रुपमा लिएको पाइदैन । ग्यास लिनको लागी कहिले राष्ट्रिय परिचय पत्र भन्दै दुख दिने काम भएको छ भने नागरिकता अनिवार्य गरिएको छ । आखिर किन यसो भैरहेको हो । युवा नेत्रृत्वको सरकारमा नागरिकलाई किन अप्ठेरो महशुस भैरहेको हो । कहाँ गयो लाइन होइन अनलाईन भन्ने कुरा ।