नेपाललाई ३६ मिलियन डलर अस्ट्रेलियाले सहयोग गर्ने

नेपाललाई ३६ मिलियन डलर अस्ट्रेलियाले सहयोग गर्ने

अस्ट्रेलियाले नेपाललाई आ ब ०८०/०८१ का लागि ३६ दशमलब ३ मिलियन अस्ट्रेलियन डलर बराबरको आर्थिक सहयोग दिने भएको छ । अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मर्सले केही दिनअघि सार्वजनिक गरेको आर्थिक बर्ष २०२३/२४ को बजेटमा उक्त घोषणा गरिएको हो।

अस्ट्रेलियाले हरेक वर्ष वैदेशिक सहायता शीर्षकअन्तर्गत विकासोन्मुख देशलाई आर्थिक सहयोग दिने गरेको छ । सार्वजनिक बजेटअनुसार करिब ५ बिलियन डलर आधिकारिक विकास सहयोग कार्यक्रम (ओडीए) मार्फत आर्थिक सहयोग दिने उल्लेख गरिएको छ । नेपाललाई गत आर्थिक वर्षमा अस्ट्रेलियाले ३५ दशमलब ६ मिलियन डलर सहयोग गरेकोमा यो रकमलाई यस वर्ष ६ लाख डलरले बढाएको हो । अस्ट्रेलियाले द्विदेशीय सहयोग विकास कार्यक्रमअन्तर्गत ९ दशमलब १ मिलियन अस्ट्रेलियन डलर दिनेछ भने विकास सहयोग कार्यक्रमअन्तर्गत २७ दशमलब २ मिलियन डलर सहयोग गर्ने भएको हो ।

नेपाललाइ निरन्तर सहयोग गर्ने देशको सुचिमा अस्ट्रेलिया रहेको छ ।बजेटमा उल्लेख तथ्यांकअनुसार यसपटकको बजेटमा अस्ट्रेलियाले दक्षिण एसियाली मुलुकहरूलाई दिने सहायता रकम अधिकांश देशको कटौती गरेको भए पनि नेपाल तथा माल्दिभ्सको सहायता रकमलाई भने बढाइएको छ ।