२७ भदौ काठमान्डौ । चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्ध वृद्धाको हेरचाह केन्द्रमा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले भवन पूर्ण रूपमा जलेको बताइएको छ।
घटनामा केही मानिस अझै भवनभित्र फसेको हुन सक्ने आशङ्का गरिएको छ।अराउकानिया प्रहरी प्रमुख जनरल मिगेल हेरेराले हेरचाह केन्द्रमा रहेका १० जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको बताए । अग्नि नियन्त्रकहरूले घटनास्थलबाट १६ जनाको शव फेला पारेका छन्।